Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक तथा वित्तीय संस्थाको निक्षेपमा जीवन बीमा कम्पनीको २ खर्ब ३४ अर्बभन्दा बढी लगानी

बैंक तथा वित्तीय संस्थाको निक्षेपमा जीवन बीमा कम्पनीको २ खर्ब ३४ अर्बभन्दा बढी लगानी

काठमाडौं, ४ असोज । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीको बैंक तथा वित्तीय संस्थाको निक्षेपलगायतमा लगानी बढ्दै गएको छ । गत आवको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेपलगायत सबै क्षेत्रमा गरी १९ जीवन बीमा कम्पनीहरूको कुल लगानी रू. २ खर्ब ८४ अर्ब ६७ करोड रहेको छ ।
यस्ता कम्पनीको लगानीयोग्य रकमको अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको निक्षेपमा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको निक्षेपमा रू. २ खर्ब ३४ अर्बभन्दा बढी लगानी गरेको बीमा समितिको तथ्यांक छ ।
समितिका अनुसार गत आवको अन्त्यसम्मा जीवन बीमा कम्पनीहरूले कृषि, पर्यटन, जलस्रोत लगायत क्षेत्रमा रू. ७ अर्ब ६६ करोड, डिबेञ्चरमा ५ अर्ब र घरजग्गा व्यवसायमा मात्र रू. ३६ करोड २४ लाख लगानी गरेका छन् ।
जीवन बीमा कम्पनीहरूले जीवन बीमा कोषलगायत विभिन्न कोषमा हुने रकमलाई तोकिएको क्षेत्रमा लगानी गर्न सक्छन् । यस्ता कम्पनीले तत्काल भुक्तानी दिन पुग्ने रकम भने राख्नुपर्ने व्यवस्था छ । लगानी निर्देशिकाअनुसार कम्पनीहरूले बैंकको निक्षेप, बैंकको शेयर, सूचीकृत कम्पनीको साधारण शेयर, पब्लिक कम्पनीको डिबेन्चर, सरकारको ऋणपत्र, म्युचुअल फन्ड, घरजग्गा, पूर्वाधार निर्माणलगायत क्षेत्रमा लगानी गर्न पाउँछन् । जीवन बीमा कम्पनीले लगानीयोग्य रकमको न्यूनतम ७० प्रतिशत रकम निक्षेपमा राख्नुपर्ने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x