राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा

काठमाडौं, ४ असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नं.–६ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उक्त २४१ औं शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे ।

हाल बैंकले सात वटै प्रदेशका ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *