Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कात्तिकमा डिजिटल इकोनोमी कन्क्लेभ हुँदै

कात्तिकमा डिजिटल इकोनोमी कन्क्लेभ हुँदै

काठमाडौं, ४ असोज । आगामी कात्तिक १ गते काठमाडौंमा ‘डिजिटल इकोनोमी कन्क्लेभ, २०२०’ आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रा.लिले आयोजना गर्न लागेको कन्क्लेभमा डिजिटल इकोनोमीका सबै सरोकारवालाहरुलाई एकै छानामुनी ल्याई यसको भविष्य, सम्भावना र चुनौतीबारेमा बृहत छलफल गरिनेछ ।

कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा डिजिटाइजेसनले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालाहरु माझ सघन छलफल हुने आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गजुरेलले जानकारी दिए । कन्क्लेभमा विभिन्न विषयका विज्ञहरुले उनीहरुको हालसम्मको यात्रा, अनुभव, नियमनकारी निकायहरुद्वारा गर्नुपर्ने नीतिगत व्यवस्था लगायतबारे आफ्ना अनुभव र विचार आदान प्रदान गर्नेछन् । वित्तिय सेवा, भुक्तानी सुविधा, ई–कमर्श सम्बन्धित नीति, नियममनका व्यवस्था, अभ्यास तथा व्यवसायलाई सहजीकरणका सबन्धमा कन्क्लेभमा बृहत छलफल हुने बताइएको छ।

डिजिटल इकोनोमीबारेको कन्क्लेभ भएकाले यसको आयोजन पनि डिजिटल माध्यमबाटै गरिनेछ । कन्क्लेभमा डिजिटल अर्थतन्त्रका सम्भावना र चुनौतीका अतिरिक्त, इ–कमर्श, भुक्तानी सेवा र यसको इकोसिस्टम, डिजिटल बैंकिङ, कोभिड–१९ ले दर्शाएको डिजिटल अर्थतन्त्रको आवश्यकता र अनलाइन शिक्षा जस्ता विभिन्न ६ वटा सत्रहरु सञ्चालन हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x