Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आइतबार नेप्से परिसूचक १५७५.१८ विन्दुमा, लिबर्टी इनर्जीको शेयर मूल्य सर्वाधिक घट्यो

आइतबार नेप्से परिसूचक १५७५.१८ विन्दुमा, लिबर्टी इनर्जीको शेयर मूल्य सर्वाधिक घट्यो

काठमाडौं, ४ असोज । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक ३ अंकले वृद्धि भई १५७५.१८ विन्दुमा रोकिएको छ । गत कारोबारको तुलनामा परिसूचक ०.१९ प्रतिशत वृद्धि भएको हो ।

१८८ कम्पनीको ६४ हजार ५१५ पटकको कारोबारमा ९२ लाख २३ हजार ७१२ कित्ता शेयर २ अर्ब ७४ करोड २७ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

लिबर्टी इनर्जीको शेयर मूल्य सर्वाधिक घट्यो
आइतबार लिबर्टी इनर्जी कम्पनीको शेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको आज प्रतिशेयर मूल्य १० प्रतिशत घटेको छ । लिबर्टीको आज प्रतिशेयर मूल्य २७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै हिमाल दोलाखा हाइड्रोपावर कम्पनी लिमिटेड पनि प्रतिशेयर मूल्य १० प्रतशत घटेको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ९९ रुपैयाँ कायम एको छ । त्यस्तै हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

आज कारोबारमा आएका ११ समूहमध्ये ३ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । परिसूचक वृद्धि हुनेमा बैकिङ्ग समूह १.५५ प्रतिशत, विकास बैंक समूह १.४१ प्रतिशत, वित्त समूह ३.९४ प्रतिशत रहेका छन् । सर्वाधिक परिसूचक घट्नेमा होटल समूह रहेको छ । यो समूहको ५.१३ प्रतिशत परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x