Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

दोहोरो अंकले घट्यो शेयर बजार, हाइड्रोपावरप्रति लगानीकर्ताको निराशा

दोहोरो अंकले घट्यो शेयर बजार, हाइड्रोपावरप्रति लगानीकर्ताको निराशा

काठमाडौं, ६ असोज । गत कारोबार दिन ६.१२ ले घटेको शेयर बजार मंगलबार ( आज) दोहोरो अंक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २२.९१ अंक घटेर १५४६.१५ विन्दुमा रोकिएको हो । तर, हिजोको तुलनामा कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएकोमा आज बढेर २ अर्ब ७९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १९९ कम्पनीको ४७ हजार ६२५ पटकको कारोबारमा ७८ लाख ५ हजार ३५६ कित्ता शेयर विक्री भएको छ । आज सर्वाधिक मूल्यको शेयर कारोबार साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेडको भएको छ । यो कम्पनीको ३१ करोड ९४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो ।

त्यस्तै आज हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्य सर्वाधिक घटेको छ । सर्वाधिक शेयर मूल्य घट्ने कम्पनीहरुमा लिबर्टी इनर्जी कम्पनी लिमिटेड ९.८८ प्रतिशत, घ्यालेम्दी हाइड्रोपावर कम्पनी ९.४७ प्रतिशत, यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ९.२९ प्रतिशत, खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड र आखु खोला जलविद्युत कम्पनी लिमिटेड रहेका छन् । लिबर्टीको शेयर मूल्य २१९ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये सबैको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक हाइड्रोपावर समूहको घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x