Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

२२ प्रतिशत घट्यो आयात

२२ प्रतिशत घट्यो आयात

काठमाडौं, ९ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात अघिल्लो वर्षको तुलनामा २२.०७ प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्ष साउन र भदौमा २ खर्ब २९ अर्ब रुपैँयाको आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७८ अर्ब रुपैँयाको आयात भएको भन्सार विभागले जनाएको छ ।
निर्यात भने अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढेको छ । २० अर्ब ४४ करोड रुपैँयाको निर्यात गरेको छ । कुल वैदेशिक व्यापारमा २० प्रतिशत जतिको संकुचन आएको छ भने व्यापार घाटामा २५ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष पहिलो दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब रुपैँया थियो भने अहिले १ खर्ब ५८ अर्ब रुपैँया रहेको छ ।
यो अवधिमा भारतबाट एक खर्ब १९ अर्बको आयात भएको छ । जुन कुल आयातको ६७ प्रतिशत हो । त्यस्तै चीनबाट २४ अर्ब ३१ करोड रुपैँयाको आयात भएको छ ।
कोरोना भाइरस महामारीका कारण रोजगारी र आयआर्जन क्रियाकलापमा कमीसँगै औद्योगिक उत्पादन र मागमा कमी आएको छ । जसका कारण औद्योगिक कच्चा वस्तु साथै अन्य तयारी वस्तुको आयातमा कमी आएको हो भने निर्वाध व्यापारमा पनि महामारीका कारण केही कठिनाइ रहेको छ । आयातमा संकुचन भने अघिल्लो वर्षदेखि नै देखिएको हो । सरकारले केही वस्तुहरुको आयातमा कडाइँ गरेपछि आयातमा क्रमशः कमी आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x