Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अनिश्चित बनेको १९ औं सार्क सम्मेलन छिटो आयोजना गर्न जोड

अनिश्चित बनेको १९ औं सार्क सम्मेलन छिटो आयोजना गर्न जोड

काठमाडौं, ९ असोज । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकका परराष्ट्रमन्त्रीहरुको भर्जुअल बैठक बिहीबार सम्पन्न भएको छ । सार्कको वर्तमान अध्यक्ष नेपालको पहलमा आयोजना गरिएको सो बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए ।

बैठकमा आठै देशका परराष्ट्र मन्त्रीहरुले सहभागिता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकलाई सम्वोधन गदै मन्त्री ज्ञवालीले १९ औं सार्क सम्मेलन सकेसम्म छिटो गर्नका लागि सम्भावित सबै विकल्पहरु पहिल्याउनको सार्कका समकक्षीहरुलाई आग्रह गरेका थिए । ज्ञवालीले सार्कलाई नयाँ गति दिन आवश्यक रहेको बताए ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण सार्क सम्मेलन अनिश्चित बनेको छ ।

यस्तै, बैठकलाई सम्वोधन गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको ‘छिमेक पहिलो’ नीतिलाई पुनः जोड दिए । भारत कनेक्टेड, एकीकृत, सुरक्षित र समृद्ध दक्षिण एसिया निर्माणका लागि प्रतिवद्ध रहेको पनि उनले बताए । पाकिस्तानका परराष्ट्रमन्त्री शाह मोहमद कुरैसीले सार्कको १९ औं शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान आतुर रहेको बताए । यस्तै बैठकमा सहभागि अन्य सदस्य राष्ट्रका विदेशमन्त्रीहरुले पनि छिटै सम्मेलन आयोजना गरि सार्कलाई गतिदिनुपर्ने बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x