नेप्से परिसूचकसँगै दैनिक कारोबार रकम पनि घट्दै

काठमाडौं, २८ असोज । पछिल्लो केही दिन यता नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्न थालेको छ । गत कारोबार दिन मंगलबार नेप्से परिसूचक ९ अंक घट्दा एक अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।
बुधबार (आज) नेप्से परिसूचक ७.४२ अंक घटेर १५६१.१७ विन्दुमा झरेको छ । त्यस्तै हिजोको तुलनामा कारोबार रकम पनि घटेको छ । आज १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर एक अर्ब ४९ करोड ६३ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
पहिलो दिन कारोबारमा आएको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको शेयर मूल्य ९.८४ प्रतिशत वृद्धि भएको छ । यो कम्पनीको ३०५ रुपैयाँमा कारोबार सुरु भएको थियो । कम्पनीको अन्तिम शेयर मूल्य ३३५ रुपैयाँ कामय भएको छ ।
सर्वाधिक कारोबार सानिमा बैंकको भएको छ । उक्त कम्पनीको रू. ७ करोड २५ लाख बरावरको शेयर खरीदविक्री भएको छ । कम्पनीले १३ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर खरीदविक्री धेरै भएको हो ।
कारोबारमा आएका १२ समूहमध्ये होटल समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक ०.१४ प्रतिशत वृद्धि भएको हो ।