Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

नेपाली हवाइ सेवालाई लगाएको प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्री थापाको आग्रह

नेपाली हवाइ सेवालाई लगाएको प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्री थापाको आग्रह

काठमाडौं, २८ असोज । गृहमन्त्री रामबहादुर थापाले नेपाली हवाइ सेवालाई लगाएको प्रतिबन्ध हटाउन युरोपेली सङ्घ (इयू) सँग आग्रह गरेका छन् । गृहमन्त्री थापा र नेपालका लागि इयूका राजदूत नोना देप्रेजबीचको भेटवार्तामा उनले पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएको भन्दै प्रतिबन्ध हटाउन आग्रह गरेका हुन ।

भेटमा नेपाल र इयुका राष्ट्रहरुबीचको द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । इयुको नेपालका लागि राजदूतको रुपमा नियुक्त भएकोमा राजदूत देप्रेजलाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा नेपाल–इयू सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे।

यस्तै गृहमन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवअधिकार र विपद् व्यवस्थापनलागयतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगका लागि राजदूतमार्फत् धन्यवाद व्यक्तगर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *