Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेती नदि जलविद्युत आयोजनामा एनएमबि बैंक, कृषि विकास बैंक र सञ्चय कोषले ३ अर्ब ५० करोड ऋण लगानी गर्ने

सेती नदि जलविद्युत आयोजनामा एनएमबि बैंक, कृषि विकास बैंक र सञ्चय कोषले ३ अर्ब ५० करोड ऋण लगानी गर्ने


काठमाडौं, २९ असोज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदि जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने भएका छन् ।

भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित यो आयोजनामा करिब पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको हो । त्यसमध्ये यी ३ वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने आज भिडियो कन्र्फेन्स मार्फत आयोजित एक कार्यक्रममा जानकारी दिए ।

आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्ता सहभागी छन् ।

विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजना आगामी १८ देखि २० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । नमूना जलविद्युत परियोजनाको रूपमा स्थापित हुने गरी समयमा नै सम्पन्न गरिने उनले प्रतिवद्वता जनाए । यो आयोजना सम्पन्न नभई अर्कोमा हात नहाल्ने भन्दै भोलीबाट कामलाई थप दु्रत बनाउने जानकारी दिए ।

आयोजनाको सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ ।आयोजनाबाट उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सव–स्टेशनमा जोडिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x