Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक झिनो अंकले बढ्यो, एक अर्ब ४२ करोडको शेयर कारोबार

नेप्से परिसूचक झिनो अंकले बढ्यो, एक अर्ब ४२ करोडको शेयर कारोबार

काठमाडौं, २९ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक सामान्य अंक वृद्धि भएर बन्द भएको छ । गत २ कारोबार दिन (मंगलबार र बुधबार) घटेर बन्द भएको नेप्से परिसूचक आज १.२९ अंक वृद्धि भई १५६२.४६ विन्दुमा रोकिएको छ ।

त्यस्तै आज १९६ कम्पनीको ४९ लख ९४ हजार ३६७ कित्ता शेयर एक अर्ब ४२ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि नेपाल फाइनान्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको भएको छ । आज नेपाल फाइनान्सको शेयर मूल्य ९.८७ प्रतिशत वृद्धि भएको छ भने जनरल इन्स्योरेन्सको शेयर मूल्य ९.८५ प्रतिशत वृद्धि भएको छ ।

नेपाल फाइन्नान्सको अन्तिम शेयर मूल्य ३३४ रुपैयाँ कायम भएको छ भने जनरल इन्स्योरेन्सको अन्तिम शेयर मूल्य ३६८ रुपैयाँ कायम भएको छ । त्यस्तै आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ७ करोड ४० लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ समूह ०.१५ प्रतिशत, उद्योग समूह ०.३ प्रतिशत, हाइड्रोपावर समूह ०.५४ प्रतिशत, अन्य समूह ०.६५ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.०७ प्रतिशत रहेका छन् ।

त्यस्तै होटल समूहको ०.९१ प्रतिशत, विकास बैंक समूह ०.५४ प्रतिशत, वित्त समूह ०.०४ प्रतिशत, निर्जीबन बीमा समूह ०.३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९७ प्रतिशत, लघुवित्त समूह ०.०६ प्रतिशत जीवन बीमा समूह ०.१८ प्रतिशत परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x