सानिमा जनरलको आइपीओ बाँडफाँड
काठमाडौं, ३० असोज । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिहान गोलाप्रथाबाट आइपीओ बाँडफाँड गरिएको हो ।
आइपीओमा २ लाख ७३ हजारले १० कित्ताका दरले शेयर हात पारेका छन् । ५ लाख ९० हजार ५ सय ४५ जना आवेदनकर्ताले भे आइपीओ हात पार्न बञ्चित भए ।
८ लाख ६६ हजार ९ सय ५ जनाले आवेदन दिएकामा ३ हजार ३ सय ६० जनाको आवेदन रद्ध भएको छ । कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।