Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

जनशक्ति अभावको मारमा सुदूरपश्चिमका उद्योग

जनशक्ति अभावको मारमा सुदूरपश्चिमका उद्योग

कैलाली, ३० असोज । सुदूरपश्चिमका उद्योगधन्दा जनशक्ति अभावको मारमा परेका छन् । विशेषगरी भारतीय मजदूरमा निर्भर यस क्षेत्रका उद्योग उक्त जनशक्ति आउने वातावरण नबन्दा समस्यामा परेका हुन् । कोभिड महामारीकै बीच कामका लागि भारत जाने नेपालीहरू बढ्दै गए पनि सीमापारिबाट नेपाल प्रवेशमा कडाइ गरिएकाले भारतीय कामदार आउन सकेका छैनन् ।

सुदूरपश्चिमका उत्पादनमूलक उद्योगमा ७५ प्रतिशत प्राविधिक जनशक्ति भारतीय नै छन् । तर लकडाउन हटे पनि उद्योगीहरूले भारतीय कामदार भिœयाउने अनुमति पाएका छैनन्, जसले गर्दा यस क्षेत्रका उद्योगको उत्पादन क्षमता ३० देखि ४० प्रतिशतमा खुम्चिएको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीको भनाइ छ । भागेश्वर ग्रूपका अध्यक्ष समेत हेका उनले स्वदेशी जनशक्तिले मात्र पूर्ण क्षमतामा उत्पादन गर्न नसकिने बताए ।

भागेश्वर ग्रूप अन्तर्गतका ७०० कामदारमध्ये अधिकांश भारतीय रहेकाले उनीहरूलाई झिकाउन आफूले उद्योग मन्त्रालयमा निवेदन दिए पनि अझै स्वीकृति नपाएको उनको भनाइ छ । यस्तै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले गृह मन्त्रालयबाट अनुमति लिएर ७२ घण्टाभित्र पीसीआर गराएका प्राविधिकलाई मात्र भित्र्याउन पाउने भनिए अहिलेसम्म त्यो वातावरण नबनेको गुनासो गरे ।

सुदूरपश्चिमका इँटा उद्योग, सडक निर्माण, पुल, खानेपानी तथा ठूला उत्पादनमूलक उद्योगमा ९० प्रतिशतसम्म जनशक्ति भारतीय रहेको बताइएको छ । तर तिनको आपूर्ति हुन नसक्दा यस क्षेत्रको उद्योग व्यवसाय संकटमा परेको सम्बन्धित उद्योगी व्यवसायीको भनाइ छ । भारतीय कामदार ल्याउन पहल गरिदिन उद्योग वाणिज्य संघ कैलालीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्रसमेत बुझाएको छ । यद्यपि कामदार भित्र्याउने सहज वातावरण अझै तयार नभएको संघले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x