Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंकको सबै शाखाबाट भोलीदेखि पिओएस मार्फत भुक्तानी गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकको सबै शाखाबाट भोलीदेखि पिओएस मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं, ३० असोज । राष्ट्रिय वाणिज्य बैकले पोइन्ट अफ सेल (पिओएस) को माध्यमबाट भुक्तानी सेवा सुरु गर्ने भएको छ। बैंकले दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै कात्तिक १ गते (भोली)बाट सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनले पिओएसको माध्यमवाट भुक्तानी सेवा सुरु गर्न लागेको जानकारी दिइएको छ।

विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पिओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने व्यवस्था गरिएको छ।

विश्वव्यापीरुपमा फैलिएको माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहक, बैकको सेवाग्राही तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २ सय ४१ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x