Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एफवन सफ्टसँंगको सहकार्यमा सन्राइज बैंकले ल्यायो चाडपर्व विशेष योजना

एफवन सफ्टसँंगको सहकार्यमा सन्राइज बैंकले ल्यायो चाडपर्व विशेष योजना

काठमाडौं, ३० असोज । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मसात् गर्दै सन्राइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकल एफवन सफ्ट (F1soft) सँग सहकार्य गरी यस योजना ल्याएको हो ।
यस योजना अन्तर्गत सन्राइजले आफ्नो मोबाइल बैंकिङ Sunrsie Smart App मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने बताएको छ । साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ । बैंकले आफ्नो १३आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाँड्न २०७७ कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्मका लागि यो योजना ल्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x