Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

किमाथांका अरुण जलविद्युत्को वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढ्यो

किमाथांका अरुण जलविद्युत्को वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढ्यो

काठमाडौं, १ कात्तिक । कुल ४५० मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत्को वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको तयारीका लागि क्षेत्र निर्धारणको काम अगाडि बढाइएको छ । प्रदेश नं १ को संखुवासभाको भोटखोला गाउँपालिकामा आयोजना निर्माण हुन लागेको छ । अरुण नदीमा निर्माण हुने आयोजनाको प्रभावित क्षेत्रको वातावरणमा पर्ने प्रभावका बारेमा सात दिनभित्र आवश्यक जानकारी दिन आग्रह गरिएको राससमा उल्लेख छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययनसम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामाजिक एवं सांस्कृतिक तथा आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भन्ने विषय पत्ता लगाउन खोजिएको विद्युत् उत्पादन कम्पनी लिमिटेडले बताएको छ । आयोजना प्रभावित क्षेत्रका गाउँपालिका वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव लिन आवश्यक भएकाले सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिनभित्र राय सुझाव दिन जानकारी गराइएको छ । आवश्यक राय सुझाव विद्युत् उत्पादन कम्पनी र एनईए इन्जिनीयरिङ कम्पनी लिमिटेडमा आवश्यक राय सुझाव दिन भनिएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिका–२ भएर बग्ने अरुण नदीमा ७० मिटर अग्लो बाँध निर्माण गरिनेछ । सो बाँधका कारण अरुण नदीमा ०.३३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ । पानीको डिजाइन बहाव करिब १४३ घनमिटरप्रति सेकेण्ड र करिब ३८० मिटरको कूल हेड प्रयोग गरी वार्षिक करिब दुई हजार ४९८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्ने गरी आयोजनाको डिजाइन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x