Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

धौवादी फलाम खानीको धाउ उच्च गुणस्तरको पाइएसँगै उत्पादनको तयारी

धौवादी फलाम खानीको धाउ उच्च गुणस्तरको पाइएसँगै उत्पादनको तयारी

काठमाडौं, २ कात्तिक। नवलपरासीको धौवादीस्थित फलाम खानीमा रहेको धाउ उच्च गुणस्तरको रहेको पाइएपछि उत्पादनको आवश्यक तयारी सरकारले गरेको छ । हालै चीनको छेन्दुमा परीक्षण गरिएको परीक्षणले उक्त खानीमा रहेको धाउ उच्च गुणस्तरको रहेको प्रमाणित भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सो मन्त्रालयको कार्यभार सम्हालेपछि प्राप्त गरिएका उपलब्धिको विवरण सार्वजनिक गर्दै फलाम खानीको धाउको परीक्षण सफलतापूर्वक गरिएको बताएको राससमा उल्लेख छ । फलाम खानीको विषयमा आवश्यक अध्ययन तथा त्यहाँको धाउ गुणस्तरीय रहसँगै देशको आवश्यकताअनुसार फलाम उत्पादन गर्ने तयारी रहेको मन्त्री भट्टले बताएका छन् ।
मन्त्रालयले गत पुसमा नै पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गठन गरिसकेको छ । खानी तथा भूगर्भ विभागको कार्यालयमा नै उक्त कम्पनी रहेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत सो खानी उत्खनन गरी उद्योग स्थापना गर्ने विषय समेटिएको छ ।
धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा मन्त्रालयले चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो । मन्त्री भट्टले सार्वजनिक गरेको आफ्नो १० महिने कार्यकालको उपलब्धिमा फलाम खानी तथा परीक्षण सम्पन्न भएको जानकारी दिएका छन् ।
धौवादीमा १० किलोमिटर लामो फलाम खानी भेटिएको मन्त्रालयको भनाइ छ । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले पनि खानीस्थलको निरीक्षण गरी सडक निमार्णका आवश्यक बजेट उपलब्ध गराएका थिए । पूर्व पश्चिम महेन्द्र राजमार्गको डण्डा बजारबाट २४ किलोमिटर उत्तर पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादी डाँडामा फलाम खानी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x