Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

भेरी–बबई डाइभर्शन आयोजना : अझै शुरू भएन विद्युत्गृह निर्माण

भेरी–बबई डाइभर्शन आयोजना : अझै शुरू भएन विद्युत्गृह निर्माण

सुर्खेत, १ कात्तिक । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्शन बहुउद्देश्यीय आयोजनाको विद्युत्गृह निर्माण अझै शुरू हुन सकेको छैन । आयोजनाको बाँध निर्माण ३० प्रतिशत सम्पन्न भइसक्दा समेत विद्युत्गृह निर्माणको टुंगो लागेको छैन । यसले आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा शंका बढाएको छ ।

आयोजनामा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टीबीएम)ले सुरुङ निर्माण सम्पन्न गरेको एक वर्ष बढी भइसक्दा समेत बबईमा विद्युत्गृह निर्माण कुनै तयारी भएको छैन । भेरी नदीमा बाँधको काम समेत अपेक्षित गतिमा हुन नसक्दा आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा अनिश्चय बढेको छ ।

सुरुङ खन्ने काम निकै तीव्र गतिमा भए पनि त्यहाँबाट पानी ल्याएर विद्युत् उत्पादन गर्नुपर्ने विद्युत्गृहको काम सँगसँगै लैजान नसक्दा यो आयोजनाको काम तोकिएको समयमा सम्पन्न गर्न नसकिने देखिएको छ ।

भेरी नदीको पानी भेरीगंगा नगरपालिका–९, को चिप्लेदेखि भेरीगंगा नगरपालिका–१, को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना निर्माण थालिएको हो । भेरीको पानी बबईमा खसाल्न चुरे पर्वतभित्रको १२ किलोमिटरसुरुङ खन्ने काम लक्ष्यभन्दा १० महिना अगावै सम्पन्न भइसकेको छ । अहिलेकै गतिमा आयोजना अघि बढे तोकिएको समयमा काम सम्पन्न हुने सम्भावना कम रहेको सरोकारवालाहरूले बताएका छन् ।
आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले आयोजनाको दोस्रो चरण अन्तर्गत गतवर्षको भदौदेखि शुरू भएको (ड्याम साइट) बाँध स्थल निर्माणको भौतिक प्रगति कोरोना महामारी लगायत कारणले कम देखिएको बताए ।
आयोजनाले २०६४ सालदेखि प्रत्येक वर्ष करिब १ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ । दोस्रो चरणको ठेक्का अन्तर्गत विद्युत् गृह (पावरहाउस) निर्माण कार्यको जिम्मा चिनियाँ कम्पनी गुआंग्डोङ तथा नेपालको रमण निर्माण जेभीले पाएका छन् । दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज साफ्ट, विद्युत्गृह लगायत संरचना पर्दछन् । यसका लागि आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दै छ । सम्झौता भएको मितिले ४८ महिनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको कम्पनीले सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० सम्म सम्पन्न गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x