Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

फोन पेको दशै लक्षित ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’ योजना

फोन पेको दशै लक्षित ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’ योजना

काठमाडौं, १ कात्तिक । फोन पे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका ’ नामक योजना सार्बजनिक गरेको छ । यस योजना अन्तर्गत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ ।

कात्तिक १ गते (घटस्थापना) देखि कार्तिक १४ गते (पुर्णिमा) सम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा ५ लाख रुपैयाँ जित्न सक्ने जनाइएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पेले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x