दशैंका बेला सिडियो र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न गृहको निर्देशन
काठमाडौं, ४ कात्तिक । गृह मन्त्रालयले दशैको समयमा प्रमुख जिल्ला अधिकारी (सिडियो) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चाडपर्वका बेलामा सुरक्षा चुनौतीसँगै कोरोना भाइरस सत्रंmमणको रोकथाम र नियन्त्रणका कामहरू जटिल हुँदै गएको भन्दै यस्तो निर्देशन दिएको हो ।
चाडपर्वमा मानिसहरूको आवागमन बढ्ने र यसले स्वास्थ्य चुनौती ल्याउन सक्ने भएकाले दुबैलाई जोखिम नियन्त्रणका लागि हरसम्भव प्रयास गर्न भनेको छ ।
साथै भिडभाडमा नगर्न, सामाजिक दूरि कामय गर्न र मास्कको प्रयोग गर्न मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको छ।