Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अनलाईनबाट शेयर कारोबार गर्नेको संख्या १ लाख ५३ हजार ५ सय पुग्यो

अनलाईनबाट शेयर कारोबार गर्नेको संख्या १ लाख ५३ हजार ५ सय पुग्यो

काठमाडौं, १७ कात्तिक । पछिल्लो समय अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या ह्वात्तै बढेको छ । गएको एक महिनामा ३३ हजारभन्दा बढीले अनलाइनबाट शेयर कारोबार गर्नका लागि युजर नेम र पासवर्ड लिएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार गत असोज पहिलो साता अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या एक लाख २० हजार ५ सय थियो । कात्तिक दोस्रो सातामा आइपुग्दा यो संख्या बढेर एक लाख ५३ हजार ५ सय १५ पुगेको छ ।

अनलाइनबाट लगानीकर्ता आफैले शेयर खरिद बिक्री गर्दा सक्ने हुँदा ब्रोकर कार्यालयमा जानु पर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको पनि बचत भएको छ । नेप्सेले विकास गरेको अनलाइन कारोबारको सिस्टममा कहिले काहीँ समस्या नआउने गरेको पनि होइन । तर, त्यसको समाधानको लागि नेप्सेले दीर्घकालीन सोचका साथ काम गरिरहेको भन्दै लगानीकर्तालाई ढुक्क भएर कारोबार गर्न नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आग्रह गरे ।

यस्तै, अनलाइन कारोबार सुरुभएपछि लगानीकर्ताले विगतमा नेप्सेमा गर्ने गुनासाहरु पनि अहिले क्रमशः कम हुदै गएको छ । नेप्सेले विकास गरेको अनलाइन शेयर कारोबारलाई थप व्यवस्थित र सुदृढ बनाउँनका लागि आगामी दिनमा हार्डवयरमा प्राथमिकता दिने जनाइएको छ ।

पछिल्लो समय नेप्से परिसूचक १६ सय विन्दु माथि पुगेको छ । कारोबार रकममा पनि दैनिक रुपमा वृद्धि भइरहेको छ । यसरी शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्नुको कारण अनलाइन कारोबारसँगै बैंकबाट सहजरुपमा कर्जा उपलब्ध हुनु रहेको प्रमुख कार्यकारी अधिकृत साउदले बताए ।

नेप्सेका अनुसार हाल सक्रिय शेयर लगानीकर्ताको संख्या ३ लाख हाराहारीमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x