नेपाल एसबिआईको प्रमुख संचालन अधिकृतमा कान्त
काठमाडौं, १७ कात्तिक । नेपाल एसबिआई बैंकको प्रमुख संचालन अधिकृतको जिम्मेवारी यादभेन्द्र कान्तले पाएका छन् । भारतीय स्टेट बैंकको तर्फबाट उनले शनिवारबाट प्रमुख संचालन अधिकृतको जिम्मेवारी पाएका हुन् ।
साथै नायव कार्यकारी अधिकृत पदमा कम्पनीका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई नियुक्त गरिएको छ ।