Date

मङ्ल, फाल्गुन ८, २०८०
Tue, February 20, 2024

कुमारी बैंकले ल्यायो फोनबाटै लोनको सुविधा

कुमारी बैंकले ल्यायो फोनबाटै लोनको सुविधा

काठमाडौं, १७ कात्तिक । कुमारी बैंकले फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा ल्याएको छ । आफ्ना ग्राहक महानुभावहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको बैंकले जनाएको छ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो । कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेका ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्ने छन् भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भ ।

आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनमा बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने विश्वास व्यक्त गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x