Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेप्से परिसूचक ५ अंक बढ्दा २ अर्बभन्दा बढीको शेयर कारोबार

नेप्से परिसूचक ५ अंक बढ्दा २ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १८ कात्तिक । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से परिसूचक ५.४० अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १६४३.०३ विन्दुमा पुगेर रोकिएको छ ।

१९८ कम्पनीको २९ हजार ६०६ पटकको कारोबारमा ७७ करोड ५७ हजार ३५३ कित्ता शेयर २ अर्ब २३ कारोड ७९ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक मुल्यको शेयर खरिद विक्री नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

त्यस्तै विसाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको ९.९६ प्रतिशत शेयर मूल्य वृद्धि भएको हो । यो कम्पनीको अन्तिम शेयर मूल्य आज २ हजार ३४१ रुपैयाँ कायम भएको छ । त्यसैगरी समिट लघुवित्त वित्तीय संस्था लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र शिव श्री हाइड्रोपावर लिमिटेडको पनि शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग समूह र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x