Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एफएनसीसीआईका पूर्व महानिर्देशक बद्री ओझाको निधन, सहकर्मी भन्छन् : निजी क्षेत्रको एक विज्ञ गुमाउँनु पर्याे

एफएनसीसीआईका पूर्व महानिर्देशक बद्री ओझाको निधन, सहकर्मी भन्छन् : निजी क्षेत्रको एक विज्ञ गुमाउँनु पर्याे

काठमाडौं, १८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्व महानिर्देशक बद्री ओझाको ७४ वर्षको उमेरमा निधन भएको छ । किड्नीको समस्याबाट पीडित ओझालाई सोमबार राती अचानक श्वासप्रश्वासमा समस्या आएपछि ग्रान्डी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ओझाको मृत्युले राज्यलाई अतुलनीय क्षति पुगेको उनका सहकर्मी तथा एफएनसीसीआईका पूर्व महानिर्देशक मेघनाथ न्यौपानेले बताए । उनले भने, ‘उहाँ एक मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो । उहाँसँग मैले करिब २० वर्ष सँगै काम गरें । निजी क्षेत्रलाई उहाँले ठूलो योगदान दिनुभएको छ । उहाँ निजी क्षेत्रको विज्ञ पनि हो ।’

ओझा सुरुमा सरकारी जागिरे थिए । उनी २०२९ सालमा तथ्यांक विज्ञका रूपमा विराटनगर जुट विकास समितिमा जागिरे जीवनमा प्रवेश गरेका थिए । त्यसपश्चात उद्योग मन्त्रालयबाट उनी व्यापार प्रवर्द्धन केन्द्रमा तथ्यांक विज्ञका रूपमा सरुवा भए ।

पछि ओझाले सरकारी जागिर छोडेर २०४८ सालमा महासंघमा प्रवेश गरेका थिए। उनले २०६३ साल साउन २ गते महासंघबाट अवकाश लिएका थिए ।

ओझाका २ छोरा र एक छोरी छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x