Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

‘उद्योग व्यवसायलाई निरन्तरता दिन नीति तथा कार्यविधि पारित, सहुलियत ऋण उपलब्ध गराइने’

‘उद्योग व्यवसायलाई निरन्तरता दिन नीति तथा कार्यविधि पारित, सहुलियत ऋण उपलब्ध गराइने’

काठमाडौं, २९ कात्तिक । कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष नीति ल्याउने भएको छ । कोभिड­१९ बाट धराशयी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत ब्याजदरमा ऋण लगानी दिनेगरी सरकारले नीति र कार्यविधि पारित गरिसकेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।
शुक्रवार चलचित्र विकास बोर्डको स्थलगत निरीक्षण तथा अनुगमनपछि आयोजित समारोह मन्त्री गुरुङले सबै प्रकारका उद्योग तथा व्यवसायलाई निरन्तरता दिन उचित ब्याजदरमा ऋण उपलब्ध गराउन नेपाल सरकार मन्त्रिपरिषद्ले नीति र कार्यविधि पास गरेको र यसले कोभिड­१९ बाट धराशायी भएका उद्योग सञ्चालनमा सहज हुने विश्वास लिएको बताएको राससमा उल्लेख छ ।
लगानी संरक्षण र प्रवद्र्धन गर्ने कुरामा सरकार गम्भीर रहेको भन्दै उनले यसका लागि सबैको उत्तिकै भूमिका र जिम्मेवारी रहने बताएका छन् । अहिलेको संकटलाई राज्य, नागरिक समाज, उद्यमीलगायत सबै मिलेर समाधान गर्नुपर्नेमा उनको जोड रहेको छ । ‘हामी सबै संयुक्त रूपमा लाग्यौं भने समस्या समाधान गर्न सकिन्छ,’ उनले भने, ‘सबै मिलौँ, आर्थिक संकटलाई सही रूपमा समाधान गरौं ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x