Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईसी एशिया बैंकको नाफा र निष्कृय कर्जा असुलीमा सुधार

एनआईसी एशिया बैंकको नाफा र निष्कृय कर्जा असुलीमा सुधार

काठमाडौं, २८ कात्तिक । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको गत वर्षको सोही अवधीको तुलनामा १ प्रतिशतले मुनाफामा वृद्धि भएको हो ।

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गरेको छ । गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई चालु वर्षको त्रैमाससम्ममा ०.४० प्रतिशतमा झार्न बैंक सफल भएको छ ।

बैंकको प्रथम त्रैमाससम्ममा कर्जातर्फ २९ अर्ब ८ करोड रुपैयाँले वृद्धि भई कुल कर्जा रकम २ खर्ब ३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । बैंकले स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ३६ अर्ब ६ करोड रुपैयाँले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ४४ अर्ब ८७ करोड पु¥याउन बैंक सफल भएको छ । बैंकको कुल निक्षेप रकममा व्यक्तिगत निक्षेपको हिस्सा ६४ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपको हिस्सा ३४ प्रतिशत रहेको छ ।

हाल बैंकले मुलुकभर ३२७ शाखा कार्यालय, ४७० एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x