Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कैलाली भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

कैलाली भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

धनगढी, ३ मंसिर । सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सार कार्यालय, धनगढीले चालू आवको पहिलो चौमासमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । सो अवधिमा उक्त भन्सारको राजस्व संकलनको लक्ष्य रू. २ अर्ब ४९ करोड रहेकोमा २ अर्ब ५७ करोड असुली भएको कैलाली भन्सार कार्यालयले जानकारी दिएको छ । भन्सार विभागले कार्यालयलाई चालू आर्थिक वर्षका लागि ७ अर्ब ८७ करोड राजस्व संकलनको लक्ष्य तोकेको छ ।
यही अनुपातमा राजस्व असुली भए वार्षिक लक्ष्यभन्दा बढी संकलन हुने अनुमान कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले गरे । उनका अनुसार गत आवको प्रथम चौमासिक भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सो भन्सारबाट ४५ प्रतिशत बढी आयात भएको छ । यो भन्सारबाट पेट्रोलियम पदार्थ, खाद्य वस्तु लगायत मेसिनरी औजार बढी आयात भइरहेका छन् ।
कैलाली भन्सार नाकाबाट चालू आवको साउन र भदौमा मात्रै साढे तीन अर्बको व्यापार घाटा भएको छ । यो दुई महिनाको अवधिमा मात्र ३ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ व्यापार घाटा भएको कार्यालयको तथ्यांक छ । भन्सार कार्यालय कैलालीले मुख्य गरी त्रिनगर भन्सार नाका र कैलालीको रतनपुरसम्म तथा कञ्चनपुरको बेलौरीसम्मको सीमानाकाबाट हुने आयात निर्यात हेर्ने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x