बोमी लघु्वित्तको शेयर रजिष्टारमा कुमारी क्यापिटल
काठमाडौं, ३ मंसिर । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्टारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । लघुवित्तको गत कात्तिक २८ गते शुक्रबार बसेको बैंठकले उक्त क्यापितललाई शेयर रजिष्टारमा नियुक्त गरेको हो ।
अब बोमी लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।