युनाइटेडको निमित्त सिईओमा पौडेल नियुक्त
काठमाडौं, ३ मंसिर । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएपछि कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेल यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिईन । भट्टराईको करार अवधि भने गत कात्तिक २४ गते सकिएको थियो ।