Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तिहारपछिको पहिलो शेयर कारोबार २३.३२ अंकले बढ्यो, ४ अर्ब ७९ करोडभन्दा बढीको कारोबार

तिहारपछिको पहिलो शेयर कारोबार २३.३२ अंकले बढ्यो, ४ अर्ब ७९ करोडभन्दा बढीको कारोबार

काठमाडौं, ३ मंसिर । तिहारपछि खुलेको पहिलो दिन बुधबार (आज) शेयर बजारमा लागनीकर्ताको उत्साह देखिएको छ । तिहार पछिको पहिलो कारोबार दिन नै नेप्से परिसूचक २३.३२ अंक वृद्धि भएको हो । बुधबार नेप्से परिसूचक १७४१.८१ विन्दुमा रोकिएको छ । त्यस्तै आज शेयर कारोबार पनि ४ अर्ब ७९ करोड १० लाख रुपैयाँभन्दा बढीको भएको छ ।

१९४ कम्पनीको ४३ हजार ६७३ पटकको कारोबारमा १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर खरिद विक्री भएको छ । आज हिमालयन डिष्टिलरी लिमिटेड र गोरखाज फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज हिमालयन डिष्टिलरीको प्रतिशेयर मूल्य २ हजार ६६२ रुपैयाँ कायम भएको छ भने गोरखाज फाइनान्सको प्रतिशेयर मूल्य १८७ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी बोट्लस नेपाल (तराई) लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक मूल्यको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ३३ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज पुनर्बीमा कम्पनीको शेयर मूल्य १ हजार ३७ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग, विकास बैंक र हाईड्रोपावर समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूकमा वृद्धि भएको छ । आज बैंकिङ्ग समूहको ०.१ प्रतिशत, विकास बैंक समूहको ०.९९ प्रतिशत र हाईड्रोपावर समूहको १.२९ प्रतिशतले परिसूचकमा कमी आएको हो ।
सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको ९.९८ प्रतिशत परिसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x