Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सरकारले विश्व बैंकसँग ४२ अर्ब ऋण लिने

सरकारले विश्व बैंकसँग ४२ अर्ब ऋण लिने

काठमाडौं, ३ मंसिर । नेपाल सरकारले विश्व बैंकसँग दुई छुट्टाछुट्टै परियोजनाका लागि ४२ अर्ब रुपैँया ऋण लिने भएको छ । सहरी पूर्वाधार विकास, वित्तिय क्षेत्र सशक्तीकरण तथा कोभिड–१९ प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले विश्व बैंकसँग ऋण लिन लागेको हो ।

उक्त ऋण सहयोगमध्येको १८ अर्ब रुपैँया सहरी सुशासन र पूर्वाधार विकास परियोजनामा खर्च गर्न लागिएको हो । प्रदेश १ र २ तथा पश्चिम नेपालमा गण्डकी र लुम्बिनी प्रदेशमा सहरी पूर्वाधार विकासमा यो ऋण परिचालन हुनेछ । विश्व बैंकले यो नेपालमा पहिलो सहरी क्षेत्र केन्द्रीत सहयोग भएको उल्लेख गरेको छ । सम्बन्धित नगरपालिकाहरुको प्राथमिकताका आधारमा नागरिक सहभागिता, नगरपालिकाहरुलाई उन्नत योजना र पूर्वाधारमार्फत् सेवाप्रवाह चुस्त बनाइने बताइएको छ ।

यो परियोजना अन्तर्गत आर्थिक पुनरुत्थानलाई समेत केन्द्रीत गर्दै श्रम सघन प्रकृतिका कामहरु अघि बढाइनेछ । अल्पकालीन रुपमा भएपनि यो परियोजनाले २० हजार रोजगारी सिर्जना गर्नेछ । यसमा महिला र जोखिममा रहेका समुदायलाई रोजगारीमा प्राथमिकता दिइने विश्व बैंकले जनाएको छ । राष्ट्रिय विपद्मा यो कोषको रकम आवश्यकता अनुसार विपद् व्यवस्थापनका लागि समेत प्रयोग गर्न मिल्ने सहमति भएको छ ।

त्यसैगरी बजेटरी सहयोगको रुपमा २४ अर्ब रुपैँया सहयोग दिने सम्झौता पनि भएको छ । वित्तिय क्षेत्रको स्थायित्व, वित्तिय पहुँच विस्तार, वित्तिय सेवाको विविधिकरणमा परिचालन हुनेगरी विश्व बैंकले यो ऋण सहयोग दिन लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x