मंगलबार सुनको मूल्य १८०० रुपैयाँ घट्यो
काठमाडौं, ९ मंसिर । मंगलबार स्थानीय बजारमा सुनको मूल्य एक हजार ८०० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा खरिद विक्री भएको छापावाल सुन मंगलबार (आज) प्रतितोला ९२ हजार ५०० रुपैयाँमा खरिद विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावि सुनको मूल्य पनि प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । गत कारोबार दिन प्रतितोला १ हजार २१० रुपैयाँमा खरिद विक्री भएको चाँदी मंगलबार प्रतितोला ३० रुपैयाँ घटेर प्रतितोला एक हजार १८० रुपैयाँमा खरिद विक्री भएको छ ।