Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कञ्चनपुरमा बन्ने सुख्खा बन्दरगाह निर्माणको लागत ६ अर्बभन्दा बढी हुने

कञ्चनपुरमा बन्ने सुख्खा बन्दरगाह निर्माणको लागत ६ अर्बभन्दा बढी हुने

महेन्द्रनगर, ९ मंसिर । कञ्चनपुरको महाकाली नगरपालिका–१ मा बन्ने सुख्खा बन्दरगाह निर्माणको लागत ६ अर्बभन्दा बढी हुने अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको सर्भे अनुसार सुख्खा बन्दरगाह निर्माणमा ६ अर्ब रुपैयाँभन्दा बढी लाग्ने देखिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द अर्यालको भनाइ छ ।
सुख्खा बन्दरगाहको निर्माणका लागि प्राविधिक टोलीले अध्ययन समेत गरिसकेको छ । सुख्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापारिक केन्द्रसमेत स्थापना हुने प्राविधिक मूल्यांकन भइसकेको छ । गत कात्तिक १६ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित प्राविधिक टोलीले कञ्चनपुरको महाकाली नगरपालिकामा बन्ने सुख्खा बन्दरगाहसँगै अन्तरदेशीय व्यापारिक केन्द्रको प्राविधिक मूल्यांकन शुरू गरेको हो, जसअनुसार बन्दरगाह अन्तरदेशीय आर्थिक क्षेत्र निर्माणका लागि सीमा नाकासँग जोडिएको ९ वटा बस्तीका १०० घरधुरी व्यवस्थापन गर्नुपर्ने बताइएको छ ।
यसअघि महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने योजना रहेकोमा कञ्चभोजमा सुख्खा बन्दरगाह बन्दा आफूहरू विस्थापित हुने भन्दै केही स्थानीयवासीले लामो समयदेखि विरोधसमेत गर्दै आएका थिए । दुवै संरचना स्थापनाका लागि १ हजार बिगाहा जमीन आवश्यक पर्ने भएकाले मायापुरी र शिवशंकर सामुुदायिक वन क्षेत्रमा पर्याप्त जमीन रहेको टोलीले बताएको थियो । अध्ययन टोलीसँगै पुगेका मन्त्री भट्टले सुख्खा बन्दरगाह निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दाबी गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x