Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

उद्योग वाणिज्य महासंघको मतदान जारी

काठमाडौं, १३ मंसिर । कोरोना महामारीकै बीच भएको नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा व्यवसायीहरुको भिड लागेको छ । काठमाडौं उपत्यकामा दिन प्रतिदित कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका भएपनि व्यवसायीहरु त्यसको प्रवाह नगरी चुनावी माहोलमा हुमिएका हुन् । शनिबार बिहान ८ बजेबाट सुरु भएको मतदान प्रक्रियामा व्यवसायीहरुको उपस्थिति बाक्लो देखिएको छ । महासंघले नेपाल प्रज्ञा प्रतिष्ठान, कार्की ब्याङ्क्वेट र टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा मतदान केन्द्र तोकेको छ ।

तर, प्रज्ञा भवनमा भने व्यवसायीहरुको अत्याधिक भिड लागेको छ । सरकारले उचित स्वास्थ्य मापदण्ड पालना गरी साधारण सभा र निर्वाचन गर्न अनुमति दिएको भएपनि कोरोना महामारीको प्रवाह नगरी नै व्यवसायीहरुले बाक्लो भिडभाड गरेका छन् । प्रज्ञा भवनमा करिब १ हजारभन्दा बढी व्यवसायीहरुको उपस्थिति रहेको देखिन्छ । प्रज्ञाभवनमा भने तोकिएको समयमा मतदान प्रक्रिया सुरु नभएर ११ बजेबाट भएको थियो ।

अहिले राजधानीका तीन ठाउँमा निर्वाचन भइरहेको छ । वस्तुगत तर्फको मतदान महासंघको केन्द्रीय कार्यालय टेकु, जिल्ला नगरतर्फको प्रज्ञा भवन कमलादी र एसोसियटतर्फको कार्की ब्याङ्क्वेट बबरमहलमा भइहरेको छ । आज साँझ ६ बजेदेखिनै मतगणना सुरु हुने बताइएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान आफ्नो पयानलसहित चुनावी मैदानमा उत्रिएका छन् । ढकालतर्फबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फ उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फ रामचन्द्र संघाईँले उम्मेदवारी दिएका छन् भने प्रधान पक्षबाट जिल्लानगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ अञ्जन श्रेष्ठ र एसोसियटतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x