Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोभिड महामारीबीच वैदेशिक रोजगारीमा जानेहरू बढ्दै

कोभिड महामारीबीच वैदेशिक रोजगारीमा जानेहरू बढ्दै

काठमाडौं, १३ मंसिर । कोभिड महामारीकै बेलामा समेत नेपाली युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा ३ हजार ४६३ जना नेपाली रोजगारीका लागि लागि विदेश गएका छन् । म्यानपावर कम्पनी र व्यक्तिगत पहलमा श्रम स्वीकृति लिएर उनीहरू ५० भन्दा बढी मुलुक गएको विभागको तथ्यांकले देखाएको छ ।
चार महिना अवधिमा कात्तिकमा विदेश जानेहरूको संख्या सबैभन्दा धेरै छ । गत महिना म्यानपावर कम्पनीमार्फत ७७० जना पुरुष र ९२ जना महिला गरी कुल ८६२ जना, व्यक्तिगत श्रम स्वीकृति लिनेमा ३५९ जना पुरुष र ५५ जना महिला गरी ४१४ र व्यक्तिगत पुनः श्रम स्वीकृति लिनेमा २८८ जना पुरुष र १९ जना महिला गरी कुल ३०७ जना छन् ।
यसैगरी असोजमा म्यानपावरमार्फत ५५५ जना पुरुष र ७१ जना महिला गरी कुल ६२६ जना, व्यक्तिगत श्रम स्वीकृति लिनेमा ४१४ जना र १०२ जना कुल ५१६ जना, व्यक्तिगत पुनः श्रम स्वीकृति ३८१ जना पुरुष र १९ जना महिला गरी कुल ४ सय युवाहरू वैदेशिक रोजगारमा गएका छन् ।
भदौ महिनामा म्यानपावर कम्पनीमार्फत ४४ जना पुरुष र पाँच जना महिला गरी ४९ जना, व्यक्तिगत श्रम स्वीकृति लिनेमा ६२ जना पुरुष र पाँच जना महिला गरी कुल ६७ जना, व्यक्तिगत पुनः श्रम स्वीकृति लिनेमा ७३ जना पुरुष र ८९ जना महिला गरी कुल ८२ जना रहेका छन् भने साउनमा व्यक्तिगत पुनः श्रम स्वीकृति लिनेमा १२० जना पुरुष र २० जना महिला गरी एक सय ४० जना रहेका छन् ।
फागुन ३० गतेदेखि बन्द गरेको श्रम स्वीकृति सरकारले असार १८ गतेदेखि खुला गरेको थियो भने श्रम स्वीकृति खुल्ला गरेको थियो । नेपाली युवाहरू कामका लागि श्रम सम्झौता गरेका मुलुकदेखि श्रमसम्झौता नभएका मुलुकहरूसम्म गएको पाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x