Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

बन्दीबन्दीको ८ महिनापछि ‘माउन्टेन फ्लाइट’ पुनः शुरू

बन्दीबन्दीको ८ महिनापछि ‘माउन्टेन फ्लाइट’ पुनः शुरू

काठमाडौं, १३ मंसिर । कोभिड–१९ महामारीका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः शुरू भएको छ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आज (शनिवार)देखि माउन्टेन फ्लाइट सेवा सुचारु गरेको हो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि पर्वतीय उडान सञ्चालन गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिएको राससमा उल्लेख छ ।
पहिलो उडानमा १८ नेपाली यात्रु थिए । पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । यसअघि बुद्धले अङ्ग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम पर्वतीय उडान शुरु गरेको थियो । त्यसपछि नेपालमा कोभिड नियन्त्रणका लागि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो ।
आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी बुद्धले आकर्षक छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गर्ने कम्पनीले बताएको छ । पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x