महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित
काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन्। कार्यसमितिभित्रबाट भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन्।
सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा हिराचले ४० मत प्राप्त गरि महासंघको कोषध्यक्ष निर्वाचित भएक हुन । हिराचन किशोर प्रधान प्यानलबाट वस्तुगततर्फको कार्यसमिति सदस्य निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए। महासंघ कार्यसमितिको कुल ७२ मतमध्येमा कोषध्यक्षमा ७१ मत खसेको थियो। बस्नेत वरिष्ठ उपाध्यक्ष निर्वाचित चन्द्रप्रसाद ढकाल प्यानलबाट सदस्य निर्वाचित भएका थिए।