Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उपल्लो र अपर खिम्ती आयोजना अन्तिम चरणमा, मंसिरभित्रै विद्युत् उत्पादन शुरू हुने

उपल्लो र अपर खिम्ती आयोजना अन्तिम चरणमा, मंसिरभित्रै विद्युत् उत्पादन शुरू हुने

दोलखा, १६ मंसिर । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र ७ मेगावाट अपर खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट यसै महिनाभित्र उत्पादन शुरू हुने भएको छ । दुवै आयोजनाको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम समेत अन्तिम चरणमा रहेकाले विद्युत् उत्पादन शुरू गर्ने तयारी भइरहेको प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीले बताएको छ ।
दुवै आयोजनाको अधिकांश काम सम्पन्न भएकाले मङ्सिर अन्तिमसम्ममा विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाका मेकानिकल इञ्जिनीयर अमित सिंहको भनाइ छ । रामेछापको चुचुरेमा आयोजनाको विद्युत्गृह निर्माण गरिएका छन् ।
आयोजनको निर्माण र प्रशारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोेसे, रस्नालु, बेताली गाविस प्रभावित हुनेछ । कुल रू. तीन अर्ब १५ करोड लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको रू. दुई अर्ब ३५ करोड ऋण लगानी छ । आयोजनको काम समयमा नहँुदा लागत अनुमान बढेको बताइएको छ ।
कम्पनीले दुई वर्षअघि नै रू. २४ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गरिसकेको छ । आयोजनाले २०७५ असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भए तापनि प्रसारण लाइन अभावमा २ वर्ष ढिला भएको कम्पनीले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x