सुनको मूल्य बुधबार पनि बढ्यो
काठमाडौं, १७ मंसिर । स्थानिय बजारमा बुधबार (आज) पनि सुनको मूल्य बढेको छ । मंगलबार तोलाको ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५०० रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेको हो ।
तेजाबि सुन पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर ९० हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।