Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड

माउन्टेन इनर्जीको आईपीओ बाँडफाँड

काठमाडौं, १७ मंसिर । माउन्टेन इनर्जी नेपालको आईपीओ बुधबार (आज) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नरायणचौरमा १ लाख ८३ हजार ३७ जनालाई आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आईपिओमा ६ लाख ५३ हजार २ सय ९१ जनाले आवेदन दिएको थियो । त्यसमध्ये १७ सय १६ जनाको आवेदन रद्द भएको छ । बाँकि ६ लाख ५१ हजार ५७५ जना योग्य आवेदक मध्ये १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । त्यसमध्ये २० कित्ता भन्दा बढी आबेदन ५ जनालाई थप १ कित्ता गरी ११ कित्ता वाँडफाँड गरिएको हो ।

कम्पनीले कार्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको थियो । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको थियो भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणलाई निष्काशन गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x