Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

काठमाडौं भ्यूटावर निर्माण सुस्त, ५ वर्षमा १५ प्रतिशत मात्र प्रगति

काठमाडौं भ्यूटावर निर्माण सुस्त, ५ वर्षमा १५ प्रतिशत मात्र प्रगति

काठमाडौं, १७ मंसिर । काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा निर्माणाधीन काठमाडौं भ्यूटावरको कामले गति लिन सकेको छैन । निर्माण शुरू भएको झन्डै ५ वर्ष अवधिमा उक्त टावर निर्माणको भौतिक प्रगति १५ प्रतिशत मात्र रहेको बताइएको छ ।
भ्यूटावर निर्माणका लागि काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द र बिकोइ विल्डर्स प्रालिबीच २०७१ फागुन २२ मा सम्झौता भएको थियो । कम्पनीले २०७३ साउन ३० गतेदेखि निर्माण थालेको हो । सम्झौताअनुसार अहिले कम्तीमा ७५ प्रतिशत काम सकिनुपर्नेमा त्यसो हुन नसकेको कामपा, निजी साझेदारी एकाइका पूर्वप्रमुख धु्रव काफ्लेलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
अहिले जमिनमुनिको काम सकिएको छ भने जमिनमाथि पिलर राख्ने काम भइरहेको छ । कामपाले जमिनमुनिको काम सम्पन्न गर्न नियमानुसार गत वर्ष चैतमा एक वर्षको लागि समय थप गरिसकेको छ ।
सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । भ्यूटावर निर्माणको लागत रू. चार अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बस पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडी पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x