प्रभु लाइफको आईपीओ मंसिर २९ देखि
काठमाडौं, २० मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
उक्त शेयरमध्ये ३ लाख कित्ता कर्मचारीहरुको लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ भने बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरिने छ । आईपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।