Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

काठमाडौं महानगरपालिकाले सुरु गरेको अनलाइन राजस्व संकलन प्रभावकारी बन्दै

काठमाडौं महानगरपालिकाले सुरु गरेको अनलाइन राजस्व संकलन प्रभावकारी बन्दै

काठमाडौं, २० मंसिर । काठमाडौं महानगरपालिकाले अनलाइन मार्फत ४३ करोड २६ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरपालिकाले गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व संकलन सुरु गरेको थियो । यो अवधीमा सबैभन्दा बढी वहाल करमा २१ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी सम्पत्ति करमा १० करोड ७१ लाख र व्यवसाय करमा ४ करोड ४४ लाख रुपैयाँ संकलन गरेको जानकारी दिइएको छ। अहिलेसम्मा सबैभन्दा बढी वडा नं १ बाट ३ करोड ७ लाख ५५ हजार, वडा २६ बाट २२ करोड ३५ लाख रुपैयाँ र सबैभन्दा कम वडा १८ बाट चार लाख ९८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

अनलाइन प्रणालीबाट राजस्व संकलन सुरु भएपछि नागरिकले सहज भएको प्रतिक्रिया दिएका छन् । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले कामपालाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्क करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x