Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

गभर्नर बन्ने चर्चामा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट

गभर्नर बन्ने चर्चामा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नरको चर्चामा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नरको आकांक्षी बनेका पौडेलविरुद्ध मंगलबार अदालतमा रिट परेको हो ।

पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका छन् । पौडेललाई गभर्नर नियुक्ति गरे नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने उनीहरूको दाबी रहेको छ ।

उप्रेती र थापाले यसअघि पनि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नरका लागि चर्चामा आएकै कारण उनको योग्यतामा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेका थिए ।

Sanu Thapa

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *