काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं, ३१ वैशाख । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज बिहान ६ : ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भएको हो ।
तर ६ वटा दमकलको प्रयासपछि बिहान ८ बजेर ५३ मिनेटमा आगो नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
उनले भने, ‘बिहान ६ : ५० बजे काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी भएको हो । त्यो आगो पछि छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भयो । तर ६ वटा दमकलको प्रयासपछि बिहान ८ बजेर ५३ मिनेटमा आगो नियन्त्रणमा लिइएको छ । एक जना अन्दाजी ७० वर्षकी महिलाको मृत्यु भएको छ जसको नाम खुल्न सकेको छैन । एक जना अन्दाजी ३८ वर्षकी महिलाको ट्रमा सेन्टरमा उपचार भैइरहेको छ ।’
साथै उक्त आगलागीमा परि एक जना महिलाको मृत्यु भएको छ , भने एक जना घाइतेको ट्रमा सेन्टरमा उपचार भैइरहेको बोहराले बताए ।