Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

भुकम्पपछिको पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च

भुकम्पपछिको पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च

काठमाडौं, २० मंसिर । चालू आर्थिक वर्ष २०७७–०७८ को ४ महिनामा ४६ हजार २ सय ७० निजी घर पुनर्निर्माण भएका छन् । यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका २७ विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण सकिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकको समीक्षा गर्दै प्राधिकरणले लक्ष्यमा राखिएका बाँकी कामहरूलाई समयमै सकाउने प्रतिबद्धता जनाएको छ।

४ महिनामा ६ हजार ६ सय पुनर्निर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने ५ हजार १ सय १४ ले तेस्रो किस्ता लिएका छन् । थप ६ सय ८५ प्रबलीकरण लाभग्राहीले सम्झौता गरेका छन् । जसमध्ये ४ सय ५० ले पहिलो किस्ताबराबर ५० हजार रुपैयाँ लगिसकेका छन् । यो अवधिमा १ सय १० जना लाभग्राही थपिएको र १ हजार ३ सय ५० ले अनुदानका लागि सम्झौता गरेको प्राधिकरणले जनाएको छ।

सोही अवधिमा पुनर्निर्माण सम्पन्न भई रानीपोखरीको उद्घाटन भएको तथा धरहराको १९ तलासम्मको ढलान कार्य सम्पन्न भएको छ । यस अवधिमा समग्र पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको पनि समीक्षा बैठकमा जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x