Date

बुध, कार्तिक १९, २०८२
Wed, November 5, 2025

एनआईसी एशिया बैंकको साधारण सभाबाट २० प्रतिशत लाभांश वितरणको प्रस्ता पारित

एनआईसी एशिया बैंकको साधारण सभाबाट २० प्रतिशत लाभांश वितरणको प्रस्ता पारित

काठमाडौं, २१ मंसिर । एनआईसी एशिया बैंकले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीले आइतवार सम्पन्न २३औं वार्षिक साधारण सभाले प्रस्तावित १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

सभाले सोही आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ ।
सभा भर्चुअल माध्यमबाट बैंकको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा आयोजना गरिएको हो । सभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन् ।

हाल ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार चुक्तापूँजी रहेको कम्पनीको १९ प्रतिशत बोनस पश्चात उक्त पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *