Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालको सुधारिँदो हवाई सुरक्षामा इयुको प्रशंसा

नेपालको सुधारिँदो हवाई सुरक्षामा इयुको प्रशंसा

काठमाडौं, २२ मंसिर । युरोपेली संघ (इयु) ले नेपालको हवाई सुरक्षामा प्रश्न उठाउँदै ७ वर्षअघिदेखि लगाएको प्रतिबन्ध हटाउने संकेत गरेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै इयुले नेपालको हवाई सुरक्षामा देखिएको सुधारको प्रशंसा गरेको हो। यसलाई नेपालमाथि उसले लगाएको कालोसूची हटाउने संंकेतका रुपमा लिइएको छ।

हवाई दुर्घटना बढेपछि इयुले सन् २०१३ को डिसेम्बर ५ देखि नेपाललाई सुरक्षा सूचीमा राखेको थियो। यसका कारण नेपाली हवाई सेवा प्रदायकले युरोपमा उडान भर्न पाएका छैनन्।

इयुले हवाई सुरक्षामा देखिएका चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गर्दै नयाँ हवाई उड्डयन विधेयक संसदमा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा इयु जानकार भएको उल्लेख छ।

दर्ता भएको विधेयकको व्यवस्था अनुसार कार्यान्वयनमा ल्याउनु महत्वपूर्ण हुने पनि इयुले जनाएको छ। नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने इयुले उल्लेख गरेको छ। संसदमा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीन वटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि इयुले उल्लेख गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x