नेपालमा थप लगानी बढाउन कोरियालाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं, २५ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा थप लगानी गर्न कोरियालाई अनुरोध गरेका छन् । नेपालका लागि कोरियाली राजदूत पार्क योङसिकबीच बिहीवार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत कोरियाले हाल शिक्षा, स्वास्थ्य, पूर्वाधार क्षेत्रमा पु¥याएको सहायताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा लगानी बढाउन आग्रह गरेका हुन् ।
कोभिड महामारीविरुद्ध नेपालले गरेको प्रयासमा कोरियाली सरकारको सहयोग र सहकार्यका लागि अर्थमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे ।
उक्त अवसरमा राजदूत योङसिकले कोरियाली सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगबारे जानकारी गराएका थिए । साथै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा कोरियाले सहयोग बढाउने बताए । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियाली सरकारको सक्रिय योगदान रहने उनको भनाइ छ ।